पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता
काठमाडौँ । अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।
उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।
यसैगरी काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।
यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण