अग्रज पत्रकार कार्कीको निधन
शनिबार, १२ असोज २०८१, १८ : ०३
बुटवल । अग्रज पत्रकार कर्णबहादुर कार्कीको आज निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका कार्की लामो समयदेखि मधुमेह र मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।
७० वर्षीय कार्कीको पाल्पा तानसेनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले २०३६ सालको जनमत सङ्ग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए ।
२०४५ सालमा दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए। उनी रुपन्देहीका बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् ।
कार्कीको अहिले नै बुटवलको योगिकुट स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । कार्कीका एक श्रीमती , दुई छोरी र एक छोरा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण