काठमाडौँ महानगरको निर्णय
बाढीबाट प्रभावित काठमाडौँ महानगरका विद्यालय आइतबार बन्द हुने
शनिबार, १२ असोज २०८१, २० : २२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अविरल वर्षाको प्रभावमा परेका विद्यालय आइतबार बन्द गरेर सरसफाइमा लाग्न निर्देशन दिएको छ । महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयको नाममा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको छ ।
‘अबिरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएका विद्यालयहरुले मिति २०८१।६।१३ गते आइतबार विद्यालयको पठनपाठन सञ्चालन नगरी उपयुक्त सुरक्षा सावधानी अपनाउँदै विद्यालय सरसफाई गरी तत्पश्चात मात्र विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाई सो को जानकारी विद्यार्थी, अभिभावक र महानगरपालिकामा दिनुहुन निर्देशानुसार अनुरोध छ’, महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण