नागरिकको जिउधनको सुरक्षा गर्न सरकार उदासिन देखियो : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् । देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने- ‘राजधानी काठमाडौ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट बिच्छेद छन । बस्तीहरु डुबानमा छन् । नागरिकहरु चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?’
नेपाली कांग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे, ‘मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?’
मौसम पूर्वानुमान विभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भने पनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षति भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही उनको जिकिर छ । कोइरालाले यस बिपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण