विपद् व्यवस्थापन तयारीमा सरकार कमजोर देखियो : जनमत पार्टी
आइतबार, १३ असोज २०८१, १२ : ३६
काठमाडौँ । जनमत पार्टीले विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता शरदसिंह यादवले सतर्कता र उद्धारको तयारी कमजोर हुँदा देशका विभिन्न भू-भागमा बाढी पहिरोसँगै डुबानमा परि भएको ठुलो जनधनको क्षति हुनु गम्भीर विषय भएको उल्लेख गरेका छन् ।
‘युद्धस्तरमा उद्धार कार्य गर्न तथा नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहत कार्यलाई थप सक्रियताका साथ अगाडी बढाउन समेत जनमत पार्टीले नेपाल सरकारसँग जोरदार माग गर्दछौँ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।
बिहीबार देखिको निरन्तर अविरल वर्षा र बाढी पहिरोले देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण