विपद् व्यवस्थापन तयारीमा सरकार कमजोर देखियो : जनमत पार्टी
आइतबार, १३ असोज २०८१, १२ : ३६
_ZClym1j2cX.jpg)
काठमाडौँ । जनमत पार्टीले विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता शरदसिंह यादवले सतर्कता र उद्धारको तयारी कमजोर हुँदा देशका विभिन्न भू-भागमा बाढी पहिरोसँगै डुबानमा परि भएको ठुलो जनधनको क्षति हुनु गम्भीर विषय भएको उल्लेख गरेका छन् ।
‘युद्धस्तरमा उद्धार कार्य गर्न तथा नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहत कार्यलाई थप सक्रियताका साथ अगाडी बढाउन समेत जनमत पार्टीले नेपाल सरकारसँग जोरदार माग गर्दछौँ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।
बिहीबार देखिको निरन्तर अविरल वर्षा र बाढी पहिरोले देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु