सहकारी ठगी प्रकरण : पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्याइयो
काठमाडौँ । सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।
नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन् । ५१ वर्षीय नेपालीसमेत ८ जनालाई सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा पक्राउ गर्नका लागि बाग्लुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।
त्यसयता उनी फरार रहेकोमा २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ ।
उनीसँगै इमेज बचत तथा ऋण सहकारी संस्था बाग्लुङको ठगीमा संलग्न रहेको आरोप लागेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबारे हाल अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण