गृह मन्त्रालयले भन्यो— दसैँमा टिकट बुकिङ गरेकाहरूलाई विनाअवरोध गन्तव्यमा पुर्याउँछौँ
काठमाडौँ । गृह मन्त्रालयले बाढी पहिरोले क्षति पुर्याएका राजमार्गमध्ये बिपी राजमार्गबाहेक अन्य राजमार्ग चाँडै खुलाउने गरी सरकारले काम गरिरहेको जनाएको छ ।
आइतबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठकपछि पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेयता बाढी पहिरो र डुबानबाट १७० जनाको मृत्यु भएको, ४२ जना बेपत्ता भएको र १११ जना घाइते जानकारी दिए ।
उनले विपद् प्रभावितहरूको खोज तथा उद्धारमा सबै सुरक्षा निकायहरू परिचालन गरी निरन्तर खटिएको र अहिलेसम्म सरकारले ४ हजार विपद् प्रभावितको उद्धार गरेको जानकारी दिए । आइतबारमात्र काभ्रे, सिन्धुली र ललितपुरका विभिन्न स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत १६५ जनाको उद्धार गरेको पनि गृह मन्त्रालयले जनाएको छ । साथै उनीहरूलाई खाद्यान्न तथा राहत सामाग्री प्रदान गरेको र घाइतेहरूको सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
अवरुद्ध सबै राजमार्गहरू तत्काल सुचारु गर्न पहल भइरहेको र झ्याप्ले खोलको अवरोध हटाएर आजैदेखि यातायात सञ्चालन हुनेगरी काम गरिरहेको भन्दै उपत्यकाको लाइफलाइनसँग उक्त राजमार्ग सुचारु भएपछि केही सहज हुने मन्त्रालयको भनाइ छ ।
‘योसँगै अन्यराजमार्गको अवरोध पनि तत्काल हटाउने प्रयास भइरहेको । दसैँका लागि टिकट बुकिङ गरेर घर जान लागेका यात्रुहरूलाई विना अवरोध घर पुग्नेगरी काम भइरहेकोको छ । बिपी राजमार्गमा अलि ठुलो क्षती भएकाले केहीसमय लाग्ने देखिएको छ’, गृह मन्त्रालयका प्रवक्ता तिवारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण