बाढी पहिरोका कारण १७० जनाको मृत्यु : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो ।
प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिए ।
आइतबार काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपत्कालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको भइरहेको पनि जानकारी दिए ।
मन्त्रालयले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने जनाएको छ । सम्बद्ध निकायहरूसँग समन्वय गरी अवरुद्ध राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण