५ जना मृतावस्थामा फेला
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको कालधारामा उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित कटेजमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मुगुको खत्याड गाउँपालिका-३ रोल गाउँ बस्ने ६५ वर्षीय गोर्ख रावत सोरू गाउँपालिका-९ खनयाको लेकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको शारदा नगरपालिका-६ कौछे बस्ने ३६ वर्षीय राज कुमार विक पनि रा.१ ह ७४११ नम्बरको अटोमा आइतबार मृत अवस्थमा फेला परेका छन् ।
यसैबीच ओखलढुंगाको सिद्धिचरण नगरपालिका-९ र मोलुङ गाउँपालिका-१ को सिमानामा रहेको लिपे खोलामा मोलुङ गाउँपालिका-१ गहते बस्ने ५० वर्षीया दिल कुमारी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि र साना कर्जाको धितो मूल्याङ्कन सहज, बाली भित्र्याउने समयअनुसार किस्ता तय गरिने
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
-
घर कर्जाको सीमा ३ करोड, पहिलो घर खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण