काभ्रेमा अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो
सोमबार, १४ असोज २०८१, १८ : ३१
काभ्रे । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमिटर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो ।
यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौँतर्फ ल्याइएको छ । विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा कार्य गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण