मनसुनजन्य विपद् : राहत प्रभावकारी बनाउन गृह मन्त्रालयले खटायो ८ जना सहसचिव

काठमाडौँ । मनसुन जन्य विपद्का कारण प्रभावितहरूलाई प्रभावकारी रूपमा राहत उपलब्ध गराउन गृह मन्त्रालयले कार्यदल बनाएको छ । ८ जना सहसचिवहरू सम्मिलित कार्यदल गठन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
राहत वितरण सहजिकरण गर्न काठमाडौँमा सहसचिव गोविन्द रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबावु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकालाई संयोजक तोकिएको छ । सबै सहसचिव गृह मन्त्रालय मातहत कार्यरत छन् ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजनल इन्जिनियर र सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्रालयका उपसचिव प्रतिनिधि तोकिएका छन् ।
उनीहरूलाई पुस २० सम्म मनसुन जन्य विपद् व्यवस्थापनमा काम गर्नेगरी अधिकार दिइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
कार्यदललाई क्षतिग्रस्त सड्क मर्मतका लाग समन्वय गर्ने, मानवीय र भौतिक क्षतिको विवरण विवरण तयार गर्ने र उद्धार तथा राहत वितरणमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’
-
गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय