समाचार
दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
सोमबार, १४ असोज २०८१, २० : ११
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ ।
राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब डेढ फिट सडक भासिएपछि सवारी रोकिएको रातोपाटीलाई बताए । उनले तत्काल खुल्ने सम्भावना नभएकाले बुटवलमा पाल्पा पोखरा हुँदै जान आग्रह गरिएको बताए ।
सडकको माथिल्लो भागमा पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र बुटवलसँगै समन्वय भइरहेको उनले बताए ।
सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण