तीन दिनअघि नै खुल्यो रुट परमिट
काठमाडौँ । यातायात व्यवस्था विभागले तीन दिन अघि नै रुट परमिट खुलाएको छ । यसअघि घटस्थापनाको दिनदेखि खुल्ने भनिएपनि बाढी पहिरो लगायतका समस्याबाट उत्पन्न परिस्थितिका कारण विभागले यो वर्ष छिटो रुट परमिट खुलाएको हो ।
सोमबार सूचना जारी गर्दै विभागले भनेको छ : ‘असोज ११ गतेदेखि भएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले अधिकांश राजमार्ग तथा सडकहरु अवरुद्ध हुन गई यातायात सूचारु हुन नसकेको अवस्था एवम् प्राकृतिक विपत्तिका कारण बाटोमा अलपत्र परेका यात्रुहरुको उद्धार लगायत कार्य गर्न हाल कायम रहेको रुट परमिटलाई मात्र आाधार मान्दा असहजता उत्पन्न भएको पाइएकोले यात्रुबाहक सवारी साधनहरुलाई मिति २०८१ असोज १४ गतेदेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय भएकोले निर्णय कार्यान्वयणमा सहयोग गर्न एवम् जानकारीका लागि सबै सरोकारवालाहरुसँग यातायात व्यवस्था विभाग अनुरोध एवम् अपेक्षा गर्दछ ।’
विभागले काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरुको संख्या बढ्दै गएको समेत तीन दिन अघि नै रुट परमिट खुलाइएको प्रष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण