सचिन तेन्दुल्करलाई पछि पारे विराट कोहलीले
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रनको कोशेढुंगा पार गर्ने खेलाडीको सूचिमा भारतीय ब्याट्सम्यान विराट कोहलीको नाम पनि थपिएको छ । कोहली यस्तो उपलब्धि हासिल गर्ने विश्वकै चौथो क्रिकेटर बनेका छन् ।
प्रभावशाली ब्याट्सम्यान कोहलीले हाल भारतको कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको आफ्नो पहिलो पालीमा यस्तो उपलब्धि हासिल गरेका हुन् । भारतको पहिलो पालीमा व्यक्तिगत रूपमा ३५ रन बनाएसँगै कोहली यो सूचिमा परेका थिए ।
कोहली पहिलो पालीमा ४७ रन बनाउँदै आउट भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रन पुरा गर्ने खेलाडीको सूचिमा कोहलीभन्दा अगाडि अस्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमार सांगाकारा र भारतका सचिन तेन्दुल्कर रहेका छन् ।
यो सूचिमा रहेका चार खेलाडीमध्ये कोहलीमात्र हाल अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् । अन्य तीन खेलाडीले भने सन्न्यास लिइसकेका छन् । बंगलादेशविरुद्धको दोस्रो टेस्टअघि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीन वटै ढाँचामा पाँच सय ९३ पाली खेल्दै कुल २६ हजार नौ सय ६५ रन बनाएका थिए ।
अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको कुल रन २७ हजार १२ पुगेको छ । यसका अतिरिक्त कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुल्करको नाममा रहेको एउटा कीर्तिमान पनि तोडेका छन् । कोहली सबैभन्दा कम पालीमा २७ हजार रन बनाउने खेलाडी बनेका छन् ।
यसअघि यो कीर्तिमान सचिनको नाममा थियो । सचिनले सन् २००७ मा ६ सय २३ पाली खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रन पुरा गरेका थिए । तर, कोहलीले सचिनले भन्दा २९ पाली कम खेल्दै यो कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।
सांगाकाराले ६ सय ४८ र पोन्टिङले ६ सय ५० पालीम खेल्दै २७ हजार अन्तर्राष्ट्रिय रन पुरा गरेका थिए । कोहलीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म टेस्ट क्रिकेटमा आठ हजार नौ सय १८ रन बनाएका छन् ।
यसैगरी, उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजार नौ सय ६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार एक सय ८८ रन बनाएका छन् । थप चार सय ७१ रन बनाएसँगै कोहलीले सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सूचिमा पोन्टिङलाई पनि पछि पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण