कांग्रेस बैठकमा शंकर भण्डारीले भने– प्रधानमन्त्रीको बोली जथाभाबी भयो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिका भ्रमणबाट फर्किएपछि ओलीले बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको उनको भनाइ थियो ।
कांग्रेस संसदीय दलको बैठकमा उनले भने, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन ।’
एक सांसदका अनुसार बैठकमा राजन केसीले बाढी पहिरोको उद्धारमा सरकार चुकेको धारणा राखे । ‘खै कहाँ भयो भौतिक उपस्थित ? नख्खुमा किन त्यस्तो भयो ? डोरी र डुंगा लिएर समयमा सरकार किन पुगेन ? सरकार विपद्मा चुक्यो । यो राम्रो भएन ।’ विपद्बारे पूर्वसूचना हुँदाहुँदै पनि सरकार चुक्नु राम्रो नभएको उनको धारणा थियो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले जोखिमका बिच उद्धार गरेको भन्दै बचाउ गरे । ‘हामीले ३३ प्रतिशत उद्धार गरेको उच्च जोखिमबाट हो । उद्धार नगरेको भए झन् ठुलो क्षति हुन्थ्यो’, उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण