आज यी नदी र खोलामा बाढीको जोखिम
बुधबार, १६ असोज २०८१, १० : ३८
काठमाडौँ । देशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकोले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी प्रदेशका अधिकांश नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ ।
ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले समेत आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण