एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छिन् ।
कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलन अन्तर्गत आयोजित एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री डा राणाले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।’ उनले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।
सो विजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यु बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्,‘आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।’
मन्त्री डा. राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षा लगायतका लागि पनि प्रभावकारी साधन बनेको बताइन् । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो ।
मन्त्री डा राणाले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भएपनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण