आजदेखि हलमा ‘बेहुली फर्म मेघौली’
काठमाडौँ । आजबाट फिल्म ‘बेहुली फर्म मेघौली’ प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्मको प्रदर्शन शुक्रबार गर्ने परम्परा भएपनि घटस्थापनाको विशेष अवसर पारेर यो फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो ।
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म यी दुवैले मिलेर निर्माण गरेका हुन् । फिल्म आजबाटै अमेरिकाको विभिन्न सहरमा पनि प्रदर्शन हुँदै छ ।
फिल्ममा निश्चल र स्वस्तिमाको अलावा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । उनीहरूको यो निर्देशनमा डेव्यु फिल्म हो । कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण