गुठी संस्थानको अतिक्रमणमा परेको जग्गा प्रदेशको मातहतमा ल्याइन्छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् ।
मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए ।
उनले जनकपुरधामको ५२ बिघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबारसहितको सभा हल र अन्य पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको बताए ।
“रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने समेत योजना बनाएका छौँ”, उनले भने । मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको पहिलाको स्वरूप अनुसारको विकास गर्न नक्सा सङ्कलनका लागि प्राविधिकसहितको टोली खटाउने काम प्रदेश सरकारले गरेको जानकारी दिए ।
प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरण निर्माण आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सस्तो बजारबाट आम उपभोक्ता लाभान्वित हुने बताए । आजदेखि सुरु भएको सस्तो बजार यही असोज २५ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा