दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।
दसैँको बेला सुनको मूल्य हालसम्मै उच्च बन्नुमा अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका कारण हो । इरान–इजरायल युद्धलगायतका कारण सुनको मूल्य वृद्धि भएको बताइएको छ ।
यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यससता सुनको मूल्य घटबढ भएर कारोबार हुँदै आएकोमा बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको थियो । जसअनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण