पोखरा महानगरले थाल्यो बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट
पोखरा । दसैँ नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो ।
पोखरा महानगर– २ मा रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको गुरुङले जानकारी दिइन् ।
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरेको छ । ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उनले बताइन् । प्रतिबन्धित माला र फूलका गुच्छा बेच्नेलाई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसबाहेक विभिन्न पसलबाट म्याद गुज्रेका तेल, पिठो, दालचिनी, मसला जस्ता सामग्री नष्ट गरिएको हो ।
अनुगमन गरिएका सातवटै पसलका सञ्चालकलाई असोज २१ गते महानगरमा उपस्थित हुन भनिएको छ ।
चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मूल्यवृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीहरू समेत बिक्री वितरण हुने आशंकामा बजार अनुगमन थालिएको गुरुङको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण