विशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
दसैँ मनाउन सहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रबन्ध मिलाउन उनले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दसैँ भित्रिएसँगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो ।
नेपाल प्रहरीले पूर्व–पश्चिम लोकमार्गसहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी अभियान चलाएको छ ।
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरू भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायताले बताए ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै आपराधिक काम हुन नदिने, यात्रुहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण