चलखेलमा सुन आयात नभएको भन्दै आक्रोश
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।
तर, सुनको मूल्य उचाइमा पुगेकै बेला बजारमा अभाव समेत बताएको गुनासो आएको छ । केही व्यवसायीले संघ तथा महासंघमा रहेका व्यक्तिहरूको चलखेलका कारण सुनको आयात नै हुन नसकेको आरोप लगाएका छन् ।
सुनचाँदी व्यवसायी नरेन्द्र कुमार गुप्ताले बैंकहरुले सुनको आयात नगर्नुमा चलखेलले काम गरेको आरोप लगाए । सुनचाँदीसँग सम्बन्धित संघ महासंघका सीमित व्यक्तिहरूको चलखेलका कारण सुनको आयात नभएको र दसैँको मुखमा आफूहरूले सुन पाउन नसकेको बताए । सिजनमा सहजै सुन नपाउँदा मर्कामा परेको भन्दै उनले संघ महासंघभित्रको सिन्डिकेटधारीहरूका कारण व्यवसायीहरूले सास्ती भोग्नुपरेको आक्रोशसमेत पोखे ।
झन्डै साढे २ महिना भन्दा बढी समयदेखि नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको बताइएको छ । व्यावसायिक कारोबारका लागि सुनको आयात गर्ने जिम्मेवारी पाएका वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षदेखि सुनको आयात नगरेका हुन् ।
व्यवसायीले माग नै नगरेपछि बैंकहरुले सुनको आयात नगरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले प्रतिक्रिया दिए । एकातिर बैंकबाट सुन नपाउने र अर्कातिर बैंकहरुले माग नभएको भन्नुले विरोधाभास उत्पन्न भएको छ ।
प्रक्रिया पूरा गरेर सुन किन्न चाहनेलाई बैंकहरुले सहज रुपमा सुन दिने वातावरण तयार हुनुपर्ने भन्दै सरोकारवालाले संघ तथा महासंघको सिफारिसका आधारमा हुने गरेको वितरणमा सिन्डिकेट देखिएकाले यसबारे सरकार गम्भीर बन्नुपर्नेमा समेत जोड दिएका छन् । उसो त सुनचाँदी व्यवसायीलाई सरकारले नै छाडा छाडिदिएको आरोप समेत लाग्ने गरेको छ । अहिलेसम्म सुनचाँदी व्यवसायीलाई नियमन गर्ने ठोस कानुन समेत बनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण