शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए ।
निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए ।
बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उनले बताए । “सेनाको टोलीले दैनिक निकुञ्ज क्षेत्रमा गस्ती गर्छ”, उनले भने, “त्यही क्रममा शुक्रबार दिउँसो पडाव क्षेत्रमा हात्ती मृतावस्थामा देखेपछि निकुञ्ज कार्यालयमा खबर गरेको हो ।”
हात्तीको मलद्वारबाट गोवर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको जानकारी दिँदै निकुञ्जका सूचना अधिकारी ऐरले पशु चिकित्सकले चेकजाँच गर्दा पेटभित्र ग्यास भरिएर त्यसो भएको जनाएका बताए । हात्ती गर्भवती भने नरहेको उनको भनाइ छ । हिन्दू परम्पराअनुसार सरोकार भएकाहरुको रोहवरमा हात्तीको सद्गत गरिएको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण