७ वर्षपछि निर्देशनमा फर्कँदै तुलसी घिमिरे
काठमाडौँ । करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’ बनाएका निर्देशक तुलसी अहिले बल्ल फिल्म बनाउने तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्, भने अन्य कलाकार छनौटको क्रममा छन् ।
महजोडी अर्थात् हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहन सक्ने फिल्म कार्त्तिकबाट फ्लोरमा जाने तयारीमा छ । ‘पहाड’ निर्देशक घिमिरेको २३ औँ फिल्म हुनेछ ।
उनी अझै दुईवटा फिल्म बनाउन चाहन्छन् । उनले हालै एक पोडकास्टमा निर्देशकले २५ वटा फिल्म निर्देशन गरेपछि वैतरणीका लागि गाई दान गर्नुपर्दैन भन्ने धारणा राखेका छन् । २५ पुर्याउने अठोट आफ्नो रहेको उनले बताएका थिए ।
‘बलिदान’, ‘दर्पण छाया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता एकसेएक सुपर हिट र यादगार फिल्म दिएका घिमिरे निर्देशित ‘दर्पण छाया २’ सन् २०१७ मा रिलिज भएको थियो ।
‘पहाड’लाई आगामी नयाँ वर्षमा रिलिज गर्ने उनको तयारी छ । पछिल्लो समय बढ्दो बसाइसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा उनले फिल्म बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण