वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज
जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने ।
साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
-
पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण