सिमखोलामा डाइभर्सन भासिँदा कुलेखानी- फाखेल र सिस्नेरीतर्फको सडक पुनः अवरुद्ध

हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ । सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवैतर्फका सवारी आवागमन अवरुद्ध भएका छन् । यसअघि आइतबार दिउँसोबाट उक्त सडक खण्डहरू सञ्चालनमा ल्याइएको थियो ।
पाँच दिन लगाएर कुलेखानी स्थित सिमखोल, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले अबको २ घण्टाभित्र सवारी आवागमन सुचारु हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जनाकारी दिएका छन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा मा डाइभर्सन निर्माण गरी आइतबार अपराह्नबाट सवारी आवागमन खुलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् सोमबारको लागि विदेशी मुद्राको विनिमय दर
-
बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग