बच्चालाई सास फेर्दा आउँथ्यो दुर्गन्ध, २ वर्षपछि जाँच गर्दा अभिभावक स्तब्ध, डाक्टर छक्क !
चीन । धेरै पटक हामी हाम्रो शरीरमा भएका सानातिना समस्याहरूलाई बेवास्ता गर्छौँ। विशेष गरी जबसम्म यसले हामीलाई धेरै समस्या निम्त्याउन थाल्दैन, हामी यसलाई समस्या मान्न पनि अस्वीकार गर्छौँ । यही कारणले गर्दा एउटा सानो कुरा ठुलो समस्या नबन्दासम्म मानिसहरू डाक्टरकहाँ जाँदैनन् । एउटा सानो बच्चाको साथमा पनि यस्तै भएको छ ।
सात वर्षको चिनियाँ बालकलाई श्वास फेर्दा अनौठो गन्ध आइरहेको थियो । उनले यसबारे आफ्नो आमाबाबुलाई भने पनि सुरुमा यसतर्फ कसैले ध्यान दिएनन् । जब उनलाई डाक्टरकहाँ लगियो, कसैले कल्पना नगरेको सत्य बाहिर आयो । सबैले सोचे कि यो सङ्क्रमण वा रुघाको मामला हो, तर यो केही फरक थियो।
_6j86nUVNNK.png)
अडिटी सेन्ट्रलको रिपोर्ट अनुसार यो चीनको हेनान प्रान्तको जिओजुओ नामको ठाउँको हो । यहाँ बस्ने एक बालकले आमाबुवालाई सधैँ गन्ध आएको भन्दै गुनासो गर्थे । बच्चा सानो भएकोले न त उनले गन्ध के हो भनेर बताउन सके न त आमाबुवाले नै बुझ्न सके । यसरी नै दुई वर्ष बित्यो तर बच्चाले भनेको कुरा कसैले पत्याएनन् ।
अन्ततः अभिभावकले उनलाई डाक्टरकहाँ लगे । यहाँ डाक्टरहरूले बच्चाको नाक भित्र फलामको कालो रङको स्क्रयू (पेच) अड्किएको बताएका छन् । बालकको टाउकोको सीटी स्क्यान गराएपछि यो कुरा बाहिर आएको थियो ।
नाकमा उक्त स्क्र्यू निकै माथि भएकाले डाक्टरले निकाल्नुका लागि शल्यक्रिया गर्ने निर्णय गरेका थिए । उनीहरूले बच्चाको नाकबाट यो अनौठो कुरा निकाले । निको भएपछि, बच्चाले पनि दुर्गन्धको बारेमा गुनासो गर्न छोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण