भारतीय प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबिच भेटवार्ता
नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो आधिकारिक खातामा दुई नेताबिच भएको भेटका तस्बिर हालेका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा मोहम्मद मुइज्जुलाई न्यानो स्वागत गरे । दुवै नेताबिच द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा कुराकानी भएको छ’ पोष्टमा लेखिएको छ ।
मोदीसँग भेट गर्नुअघि मुइज्जुले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गरेका थिए । यसबाहेक उनले राजघाटको पनि भ्रमण गरेका थिए । मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा आइतबार साँझ दिल्ली पुगेका थिए । आइतबार राति उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेका थिए ।
यस बैठकबारे एस.जयशंकरले एक्समा पोस्ट पनि लेखेका थिए । ‘भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लाग्यो । दुई देशबिचको सम्बन्धलाई मजबुत बनाउन उनको प्रयासको म प्रशंसा गर्छु’ आफ्नो पोस्टमा जयशंकरले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण