मिक्स मार्सल आर्टसको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी
मङ्गलबार, २२ असोज २०८१, १४ : ५०
काठमाडौँ । मिक्स मार्सल आर्टसको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुईजना पुरुष खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्राँकंफर्टमा आयोजना हुँदैछ ।
प्रतियोगितामा ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले भने किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् ।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा हुने उक्त प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्नेछन् । टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले बिदाइ गरे । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण