रिब्दीकोट गाउँपालिकामा दसैँ बिदामा सरकारी सवारी साधन नचलाउने
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले दसैँ बिदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गरेको छ । विजयी दसैँको बिदा अवधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिएका हुन् ।
बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरू तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले बताए । रिब्दीकोट गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनुपर्ने छ ।
सार्वजनिक बिदाको दिनमा सरकारी साधन सञ्चालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन सञ्चालन अनुमति पत्र लिएर मात्र सञ्चालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने भनी निर्णय भएकोले प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण