झापामा खाद्य सुरक्षा बैठक
भद्रपुर -जिल्ला खाद्य सुरक्षा सञ्जाल र जिल्ला कृषि विकास समितिको संयुक्त बैठक आज जिल्ला प्रशासन कार्यालय, झापाको सभाहलमा सम्पन्न भएको छ ।
बैठकमा जिल्ला खाद्य सुरक्षासम्बन्धी प्रतिवेदन कृषि विकास कार्यालयका योजना अधिकृत शीतल भट्टराई र जिल्ला कृषि विकास कार्यालयको चालु आवको प्रतिवेदन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले प्रस्तुत गर्नुभयो ।
खाद्य सुरक्षाको प्रतिवेदनमा झापामा ९२ प्रतिशत जनता खाद्यमा सुरक्षित रहेको, ८० प्रतिशत घरधुरीमा चार महिना पुग्ने खाद्यान्न सञ्चित रहेको, चालु आवको तेश्रो चौमासिकमा रु ८५० करोड तरकारी, फलफूल र कृषि उपजबाट आम्दानी भएको, पशुपालन व्यवसायबाट रु २१९ करोड आम्दानी भएको र बाल कुपोषण यस जिल्लामा एक दशमलव ८२ प्रतिशतमात्र रहेको उल्लेख छ ।
सोही प्रतिवेदनमा चैतेधानको खेती गएको वर्षभन्दा सात प्रतिशतले बढेको, बगरखेतीबाट एक हजार ८१५ मेट्रिक टन खरबुजा र काँक्रा उत्पादन भएको तथा हावाहुरीबाट कृषि क्षेत्रमा रु चार करोडको नोक्सानी भएको उल्लेख छ ।
यसैगरी, कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनमा सरकारले यस कार्यालयलाई रु १४ करोड ७२ लाख उपलब्ध गराएकोमा ९२ प्रतिशत कार्य प्रगति भएको र विनियोजित रकम १३ वटा शीर्षकमा खर्च भएको तथा प्राकृतिक प्रकोपबाट भएको क्षतिमा रु सात लाख बराबरको राहत वितरण गरेको जनाइएको छ
सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुरमार खत्रीले सही काम गर्नुस् र सही काम गर्दा जुनसुकै बेला जस्तो पनि सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण