पाल्पा । पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दसैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दसैँघरमा परम्परा धान्दै बडादसैँको फूलपाती भित्र्याइएको हो ।
_jDsA84AzMi.jpg)
जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दसैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ ।
_3tHODlsGqz.jpg)
कोतघरमा दैनिक पूजाआजा गरिन्छ । प्रमुख जिल्ला अधिकारी, नोपली सेना, प्रहरी, सशस्त्र र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी ब्यारेक गएका थिए । सैनिक र प्रहरीले सलामी दिएपछि दसैँघरमा पूजाआजासहित फूलपाती लिन गएका हुन् ।
_4XkTAIiSws.jpg)
सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउन प्रचलन छ ।
_SBcTwIvqnI.jpg)
_xjFd9HxaMi.jpg)
_ekLQd8EUUj.jpg)
_YdYtZQzEDl.jpg)
_2EwkFs1op1.jpg)
_P8eL3ZX36I.jpg)
_KlsjG8JLdK.jpg)
_pUlZ2h23Mz.jpg)
_obZ2LpxfIj.jpg)
_BjSwpWxkvs.jpg)
_iCuRpGPivj.jpg)
_rrB9XCHzyj.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया