चार जना मृत फेला
बिहीबार, २४ असोज २०८१, १६ : ४१
काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा चार जना मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, धनगढी उपमहानगरपालिका-१८ डिपो बजार बस्ने ४५ वर्षीया सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, भरतपुर महानगरपालिका-७ कटहर चोक बस्ने ५३ वर्षीया दिलमाया थापा सोही महानगरपालिका-२६ भगडिस्थित नारायणी नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, रतुवामाई नगरपालिका-१० ताम्राङे टोलस्थित कट्नु खोलामा सोही ठाउँ बस्ने ३८ वर्षीय बखत बहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-७ काभ्रेघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण