बीपी राजमार्ग सञ्चालनमा सुख्खा पहिरोको अवरोध
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन चल्न अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । सडक सञ्चालनमा ल्याउने तयारी गरिए पनि सुख्खा पहिरो खसेका कारण सञ्चालनमा आउन नसकेको हो ।
प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ नार्के देखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा भने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । उक्त पहिरोमा खोटाङ चल्ने ना १ ज ६११७ नम्बरको सुमो पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्का अनुसार सुख्खा पहिरोका कारण तत्काल बीपी राजमार्ग सञ्चालनमा आउने सम्भावना छैन ।
‘बिहान सुख्खा पहिरो आएर सवारी दुर्घटना पनि भयो । सुख्खा पहिरो खुलाउने प्रयास पनि सफल हुन सकेको छैन । अहिले तत्कालका लागि बीपी राजमार्ग अवरुद्ध छ‚’ उनले भनिन्‚ ‘बाटो खुलाउन अलि समय लाग्ने देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण