पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने
शनिबार, २६ असोज २०८१, ०३ : ००
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् ।
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण