पहिलेभन्दा काठमाडौँमा चहलपहल बढी
काठमाडौँ । बडादसैँमा यसवर्ष काठमाडौँ उपत्यकामा तुलनात्मक रूपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दसैँमा भन्दा यस बढी चहलपहल देखिएको हो । फूलपातीदेखि नै सुनसान हुने काठमाडौँका सडकहरू विगतको तुलनामा बढी चहलपहल देखिए ।
असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौँ छाड्नेहरूको सङ्ख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरूले पनि यसवर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण