वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।
चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।
चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए ।
आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण