कालिकोट सदरमुकाममा एक व्यक्ति मृत फेला
सुर्खेत । कालिकोट सदरमुकाम मान्ममा एक व्यक्ति मृत फेला परेका छन् । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत भेटिएका हुन् ।
मगर ज्याला मजदुरी गर्नका लागि मान्मका बस्दै आएको उनले रातोपाटीलाई बताए ।
‘मृतक कोठामा पनि एक्लै बस्नुहुने रहेछ, उहाँसँग अरू कोही पनि रहेनछ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिराको प्रयोग गर्ने हुँदा त्यसैको असरका कारण मृत्यु भएको हो कि भन्ने अनुमान छ ।’ उनी मृत अवस्थामा भेटिएको नजिकै पनि मदिराको बोतल भेटिएको छ ।
यद्यपि घटनाबारे थप अनुसन्धान भने भइरहेको थापाले बताए ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको छ भने दैलेखबाट मृतकका आफन्तलाई बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
-
पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण