प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐनको मस्यौदामाथि छलफल
काठमाडौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा मस्यौदामाथि बिहीबार छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव र निर्देशकहरू सहभागी थिए ।
ऐनको मस्यौदाका विविध पक्षमा आ–आफ्नो सुझाव राखेका थिए । उक्त छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तर मन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सुझाव तथा विचार राखेका थिए ।
मन्त्री विद्या भट्टराईले छलफलबाट प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदामा सरोकारावालासँग समेत छलफल गर्ने र परिपक्व ऐनको मस्यौदा तयार गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण