राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले गर्यो चार निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको उपनिर्वाचनका लागि चुनाव परिचालन समिति गठन गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा समिति गठन गरेको हो ।
बैठकले कार्तिक २६ र २७ गते वीरगन्जमा तराई मधेस राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा तराई मधेसका २१ जिल्लाका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू तथा पार्टी आबद्ध बुद्धिजीवीहरू सहभागी हुने जनाइएको छ ।
तराई मधेसको आर्थिक सामाजिक विकासको विशेष कार्ययोजनाका बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको सो पार्टीका प्रवक्ता बसन्तमानसिंह अधिकारी जानकारी दिएका छन् । सम्मेलन आयोजना सम्बन्धी संयोजनको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीलाई दिइएको छ ।
यस्ता छन् अन्य निर्णयहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो