बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ
हेटौँडा । बागमती प्रदेशका लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले आइतबार मात्र श्रेष्ठलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेका थिए । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरेका थिए ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत रहेका थिए । श्रेष्ठ गत शुक्रवार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकाश पाएका थिए ।
निजामती सेवाको सहसचिव (११औँ तह) बाट अनिवार्य अवकाश पाए लगत्तै श्रेष्ठले प्रदेश सरकारको लोकसेवा आयोगको अध्यक्ष पदको जिम्मेवारी पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण