उपनिर्वाचन : माओवादीबाट ग्रामथानको अध्यक्षको उम्मेदवार घोषणा
विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो ।
माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।
आगामी मंसिर १६ गते उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन ।
०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण