‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ राप्रपाका केन्द्रीय नेता कर्णाली यात्रामा
सुर्खेत । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही कर्णाली यात्रामा निस्किएका हुन् ।
नेताहरू मंगलबार सल्यानको सल्लीबजार पुगेका छन् । टोली सल्लीबजाबाट यात्रा सुरु गरेर सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने कार्यतालिका छ । राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालका अनुसार मंगलबार (आज) सल्लीबजारमा कार्यक्रम गरेर नेताहरूको टोली बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर आउने छ ।
कार्यतालिका अनुसार बुधबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा कार्यक्रम राखिएको छ । यस्तै बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालिकोट सदरमुकाम मान्मा, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम छ । ती कार्यक्रमहरूमा स्थानीयका कुराहरू सुनिने र नेताहरूले पनि आफ्ना कुराहरू भन्नेछन् ।
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले कर्णाली बदल्न सके मात्रै देश बदलिने बताए । ‘अन्यथा व्यक्ति बदलिन्छ, देश बदलिँदैन,’ उनले भने, ‘यात्राका क्रममा हामी कर्णालीका नागरिकको कुरा र पीडा सुन्ने छौँ । र, ती कुराहरूलाई काठमाडौँमा आएर सम्बन्धित ठाउँमा मुखरित गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण