नाटक देखाएर ‘पूर्ण बहादुरको सारङ्गी’को प्रचार
काठमाडौँ । पछिल्लो समय नाटक देखाएर समेत फिल्मको प्रचार गर्ने गरिन्छ । यही शैली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि अपनाएको छ । फिल्म युनिटले मोफसलका विभिन्न सहरमा फिल्मको थिममा नाटक प्रस्तुत गर्दै प्रचार गरिरहेको छ ।
इटहरीबाट सुरु भएको नाटक प्रचार अभियान फिल्म युनिटले धरान, दमक हुँदै विराटनगरसम्म सम्पन्न गरिसकेको छ । नाटकका लागि मण्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोली निर्माण युनिटसँग सहभागी छ ।
प्रचारमा नाटकको अलवा गायक तथा सङ्गीतकार प्रशान्त सिवाकोटी र सारङ्गी बाधक बिराज गन्दर्भको साङ्गीतिक प्रस्तुति समेत रहेको छ । प्रशान्तले फिल्मको गीत र बिराज गन्धर्वले सारङ्गीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन गराउँदै आएका छन् ।
कार्यक्रममा फिल्मका कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली पनि सहभागी छन् । कलाकारले भने फिल्मको बारेमा जानकारी दिँदै फिल्म हेर्न दर्शकलाई आग्रह गर्दै आएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको हो । लेखक तथा निर्देशक सरोज पौडेल रहेको फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले मिलेर बनाउका हुन् । फिल्मले गन्दर्भ समुदायको सांस्कृतिक सङ्घर्ष, परम्परा संरक्षण र सारङ्गी संस्कृतिको प्रवर्द्धनको कथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण