राजनीति
७ दिनको म्याद दिएर एमालेले सोध्यो तीन नेतालाई स्पष्टीकरण
मङ्गलबार, ०६ कात्तिक २०८१, १८ : २६
काठमाडौँ । नेकपा एमालेले ७ दिन म्याद दिएर तीन नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई पत्र पठाउँदै ७ दिने स्पष्टीकरण सोधेको हो ।
एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोधेको हो । यसअघि एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टीले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको एक नेताले बताए । उनले तोकिएको समयमा स्पष्टीकरण पेस गर्न पनि बताए । एमाले पार्टीको विधानको धारा ८१ अनुसार स्पष्टीकरण सोधेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण