रवि पक्राउ प्रकरण : अदालतले दिएकाे म्याद आज सकिँदै, रास्वपाको निरन्तर प्रदर्शन
बुधबार, ०७ कात्तिक २०८१, १० : १३
पोखरा । रवि लामिछानेको अनुसन्धानका लागि कास्की जिल्ला अदालतले दिएको पहिलो म्याद आज सकिँदै छ । अदालतले पक्राउ परेकै दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो । लामिछाने शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका हुन् ।
आज राति १२ बजेदेखि म्याद सकिने र भोली पुनः उनलाई अदालत उपस्थित गराउने कार्यसूची छ । रवि निर्दोष रहेको र उनलाई निशर्त: रिहा गर्न उनका समर्थकहरूले पोखरामा निरन्तर प्रदर्शन गरिरहेका छन् । बुधबार सिर्जनाचोकमा प्रदर्शन हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाका नेता कार्यकर्ताहरू रविको पक्राउसँगै पोखरा आएका थिए । शनिबार देखि नै उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । विहीबार रविलाई अदालतमा पेश गर्ने भएपछि रास्वपाले अझै जोडका साथ प्रदर्शनको तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण