छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै
बुधबार, ०७ कात्तिक २०८१, १० : २१

बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले अहिले साँढे १२ बजेको फ्लाइटमा लैजाने रातोपाटीलाई बताए ।
सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश