चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर

ओट्टावा । क्यानडाले चीनबाट आयात हुने इस्पात र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चीनले व्यापारमा अनुचित तरिका अपनाएको आरोप पनि लगाएका छन् ।
सस्तो इस्पात र आल्मुनियममार्फत चीनले अन्तरराष्ट्रिय बजारमा ठुलो प्रभाव पारिरहेको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा उनले लेखेका छन् । चीनको अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठुलो नोक्सान पुर्याएको र यसको विरुद्ध आफूहरूले कदम उठाउन लागेको ट्रूडोले लेखेका छन् ।
यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनको प्रचुरताबारे चिन्ता व्यक्त गरेकी थिइन् । मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि यो मुद्दा उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह