चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर
ओट्टावा । क्यानडाले चीनबाट आयात हुने इस्पात र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चीनले व्यापारमा अनुचित तरिका अपनाएको आरोप पनि लगाएका छन् ।
सस्तो इस्पात र आल्मुनियममार्फत चीनले अन्तरराष्ट्रिय बजारमा ठुलो प्रभाव पारिरहेको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा उनले लेखेका छन् । चीनको अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठुलो नोक्सान पुर्याएको र यसको विरुद्ध आफूहरूले कदम उठाउन लागेको ट्रूडोले लेखेका छन् ।
यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनको प्रचुरताबारे चिन्ता व्यक्त गरेकी थिइन् । मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि यो मुद्दा उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण