काठमाडौँ महानगरले माग्यो करार कर्मचारी
बुधबार, ०७ कात्तिक २०८१, १८ : ०५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो ।
लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।
महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।
यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।
दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण